कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

१४ कार्तिक कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण गरिएको छ ।कृषि ज्ञान केन्द्रका सूचना अधिकारी धर्मबहादुर साउँदले यस वर्ष कञ्चनपुरमा १ दशमलव १९ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको जानकारी दिए ।गत वर्ष धानको उत्पादकत्व ० दशमलव २ ले बढेको थियो । गत वर्ष धानको उत्पादकत्व ४ दशमलव २ प्रति हेक्टर रहेकोमा यस वर्ष उत्पादकत्व वृद्धि भएर ४ दशमलव २५ पुगेको उनको भनाइ छ ।जिल्लामा धानको उत्पादकत्वमा वृद्धि हुँदै गएको छ ।

’ सूचना अधिकारी साउदले भने, ‘यस वर्ष मौसम अनुकुल हु्नु, उन्नत जातको बीउ बिजन र सिँचाइ सुविधाका कारण उत्पादनमा वृद्धि भएको हो ।’उनका अनुसार यस वर्ष दुई लाख छ हजार १०८ मेट्रिकटन धान उत्पादन भएको छ । गत वर्ष दुई लाख तीन हजार ६८३ मेट्रिकटन धान उत्पादन भएको थियो । त्यसअघि कञ्चनपुरमा धानको उत्पादन एक लाख ९३ हजार ९८४ मेट्रिकटन रहेको थियो । कञ्चनपुरमा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।