नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै

नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै

१२ असोज काठमान्डौ । आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत केही खेल नेपालगञ्जमा सञ्चालन गर्ने गरी गरिएको तयारी गरिएको छ ।यसका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले सोमबार नेपालगञ्ज रङ्गशालाको निरीक्षण गरेका छन् ।

दशौँ राष्ट्रिय खेलकुदका लागि नेपालगञ्जमा उपलब्ध खेल पूर्वाधारको अवस्था र सम्भावित खेलस्थलको निरीक्षण गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव पौडेल नेतृत्वको टोलीले अनुगमन गरेको हो ।सुर्खेतमा प्रतियोगिताको पूर्वतयारीबारे स्थलगत जानकारी लिएर फर्किने क्रममा सचिव पौडेल, सहसचिव रमेश ढकालसहितको टोलीले नेपालगञ्ज रङ्गशालामा रहेका विभिन्न खेल पूर्वाधारको निरीक्षण गरेको साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए ।