जाजरकोटमा नदीमा फसेका चार जनाको उध्दार

जाजरकोटमा नदीमा फसेका चार जनाको उध्दार

१२ असोज काठमान्डौं । जाजरकोटमा चार जनाको उद्धार गरिएको छ ।जाजरकोटको भेरी नगरपालिका १३ स्थित भेरी नदीको टापुमा फसेका चार जनाको उद्धार गरिएको छ । आज दिउँसो चार बजे कुदुस्थित भेरी नदी किनारको टापुमा फसेका चार जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार भेरी नगरपालिका –१३ कुदु निवासी ३२ वर्षीय नन्दलाल बि.क., ४१ वर्षीय खिमबहादुर गिरी, ३४ वर्षका विशाल सुनार र ३२ वर्षका धनबहादुर सिंह ठकुरीलाई उद्धार गरिएको हो ।नदीको वीच भागमा सर्वसाधारणहरु फसेको सूचना पाएलगत्तै जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु घटनास्थलमा पुगी नेपाल विपद् प्राधिकरणसँगको समन्वयमा नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुको उद्धार गरिएको बुझिएको छ ।