११ असोज काठमान्डौं । इंग्ल्यान्ड र स्पेनबीच वेम्बलीमा भएको नेसन्स लिगको रोमाञ्चक खेलमा स्पेनले ३–२ को जित निकालेको छ।खेल सुरु भएको दोस्रो मिनेटमै लामिन यामालले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। इंग्ल्यान्डका मार्क गुएहीको गल्तीको फाइदा उठाउँदै यामालले गोल गरेका हुन्।
तर घरेलु टोलीले पहिलो हाफमै खेल उल्टायो। ३६औँ मिनेटमा एन्थोनी गोर्डनले जुड बेलिङघमको पासमा गोल गर्दै इंग्ल्यान्डलाई बराबरीमा ल्याए। त्यसको चार मिनेटपछि ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डलाई २–१ को अग्रता दिलाए।