फर्कियो मानव अधिकार आयोगको टोली

फर्कियो मानव अधिकार आयोगको टोली

११ असोज काठमान्डौ । पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणालाई भेट्न पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोली प्रहरी कार्यालयबाटै फर्किएको छ।

आज बिहान ३ बजे महाराजगञ्जस्थित निवासबाटै पक्राउ परेका राणालाई अहिले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा राखिएको छ।आयोगको टोली केहीबेरअघि टेकुस्थित कार्यालय पुगेको हो। तर ३५ मिनेट सम्म पनि भेट्ने प्रयास गर्दा प्रहरीले गेट नखोलेपछि टोली फर्किएको हो।