११ आश्विन पर्वत । कालीगण्डकी नदीमा बहाब बढ्दा पर्वतमा ६६ घर बगाएको छ ।जलजला गाउँपालिका–८ फर्सेमा ६६ घर पूर्ण रूपमा बगाएको हो । २३ घर उच्च जोखिममा रहेको प्रहरीले जानकारी दिएको छ ।जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।