११ असोज, बाँके । लगातारको वर्षासँगै शनिबारको हावाहुरीले बाँकेमा धानबालीमा क्षति भएको छ ।नेपालगञ्ज–१९ मन्निपुरका किसान हेमराज काँदुका अनुसार अधिकांश खेतमा हुरीले धान ढालेको छ ।डुडुवा गाउँपालिका–५ का सुजन थापाको खेतमा पनि धान ढलेको छ ।
कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धानबालीमा भएको क्षतिको पूर्ण विवरण संकलन भइनसकेको जानकारी दिँदै ३३ हजार ५०३ हेक्टरमा धान रोपिएको बताए ।