१० असोज काठमाडौं । हुम्लाको माथिल्लो भूभागमा हिमपात भएको छ । शनिबार असोज ११ बिहानदेखि हिल्सा, न्यालु, नारा लेक, बोक्सी हिमाल, पञ्चमुखी, रलिङ, चाङ्ला क्षेत्रलगायत स्थानमा हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खड्काले जानकारी दिए ।
करिब ३५ सय मिटरको उचाइ भएको क्षेत्रसम्म हिउँ परेको छ । तल्लो भूभागमा भने वर्षा भएको प्रहरीले जनाएको छ ।