रुकुम पश्चिममा खोलाले बगाएर महिलाको मृत्यु

रुकुम पश्चिममा खोलाले बगाएर महिलाको मृत्यु

१० आश्विन रुकुम पश्चिम । रुकुम पश्चिम खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–११ स्याउलीबारकी ५८ वर्षीया बेगमाया दमाईलाई लहुँबाट सिम्रुतु खोला तरेर स्याउलीबजार जाने क्रममा खोलाले बगाएको थियो ।

करिब २०–२५ मिटर तल बगाएपछि स्थानीयवासी र प्रहरीले उनको उद्धार गरेका थिए ।उद्धारका क्रममा बेगमाया अचेत अवस्थामा फेला परेको र उनलाई जिल्ला अस्पताल सल्लेमा लगिएसँगै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।