मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल असोज १२ देखि

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल असोज १२ देखि

आश्विन काठमाडौं । मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता आउँदो असोज १२ गतेदेखि बुटवलमा आयोजना हुने भएको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वार्षिक क्यालेण्डर अनुसार बुटवलमा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता आयोजन गर्न लागिएको जनाएको हो ।असोज १७ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, गुजरात स्टेट भलिबल एसोसिएसन भारत, खैरा क्लव पन्जाव भारत, श्रीलंका पुलिस क्लव कोलम्बो, मणिमुकुन्द भलिबल क्लव बुटवल, सभापोखरी भलिबल क्लब संखुवासभा र गलकोट भलिबल क्लब बाग्लुङ गरी ८ टिमको सहभागिता रहने मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।