चीनका राष्ट्रपतिलाई अमेरिकाको रेड कार्पेट

चीनका राष्ट्रपतिलाई अमेरिकाको रेड कार्पेट

८ असोज काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङको अमेरिकाको तीनदिने भ्रमणका क्रममा विशेष स्वागत गरेका छन् ।बीबीसीका ह्वाइट हाउस संवाददाताका अनुसार सन् १९६२ पछि पहिलोपटक कुनै अमेरिकी राष्ट्रपतिले यही एयरबेसमा विदेशी राष्ट्रप्रमुखलाई व्यक्तिगत रूपमा स्वागत गरेका हुन् ।

सी जिनपिङ र उनकी पत्नी पेङ लियुआनलाई स्वागत गर्न राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प ज्वाइन्ट बेस एन्ड्र्युजको रनवेमा पुगेका थिए । उनीहरूको स्वागतका लागि रेड कार्पेट बिछ्याइएको थियो ।