सीता एयरको जहाज अवतरणका क्रममा पछाडिको चक्का फुत्कियो

सीता एयरको जहाज अवतरणका क्रममा पछाडिको चक्का फुत्कियो

८ असोज सुर्खेत । नेपालगन्जबाट डोल्पाका लागि उडेको सीता एयरको जहाज अवतरणका क्रममा पछाडिको चक्का फुत्किएको छ । बिहीबार बिहान डोल्पा विमानस्थल जुफालमा अवतरण गर्ने क्रममा जहाजको पछाडिको चक्का फुत्किए पनि ठूलो दुर्घटना हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।सीता एयरको ९ एन–ए–जे जहाज बिहान ८ः२५ बजे डोल्पा विमानस्थलमा अवतरण गर्ने क्रममा पछाडिको चक्का फुत्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

गिरीका अनुसार चक्का फुत्किए पनि जहाजमा असर परेको छैन । जहाजमा रहेका यात्रु तथा चालक दलका सदस्यसमेत सुरक्षित छन्। घटनामा अन्य कुनै क्षति भएको छैन। जहाजमा सात जना विदेशी नागरिक र ६ जना नेपाली गरी १३ जना सवार थिए। सवारमध्ये ११ जना पुरुष र दुई जना महिला रहेका छन्।