हिजो गणेश आज फेरी …

हिजो गणेश आज फेरी …

६ असोज काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा हिजो भएको आगलागीमा गम्भीर घाइते भएका बस चालकको उपचारका क्रममा निधन भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा चालकको निधन भएको प्रहरीले जनाएको छ।त्रिपुरेश्वरस्थित राहदानी विभागको बस स्टपमा रिद्धिसिद्धि यातायातको बा.५ख ४२७४ नम्बरको बसमा आगो लागेपछि घाइते भएका चालकलाई १ बजेतिर अस्पताल पुर्याइएको थियो ।घटनाको थप अनुसन्धान तथा छानबिनका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरीले समिति गठन गरेका छन् । बितेका चालकको नामबारे प्रहरीले यकिन गरेको छैन । चालकको सवारी चालक प्रमाणपत्र एकजनाको र आगजनीमा परेका अर्कै भएको कुरो बाहिर आएको छ । आगजनी गर्नुअघि दावा र ट्राफिक प्रहरीको बिचमा विवाद भएको देखिएको छ ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको भिडियो फुटेज अनुसार लामाले आफूले ‘गल्ती नगरेको’ जिकिर गरेका छन् ।गएको असार २५ मा मुगुको सोरु गाउँपालिकावडा नम्बर–१ जवलधाराका गणेश नेपालीले आफैंलाई जलाएका थिए । अहिले दावा र ट्राफिक प्रहरीको बिचमा विवाद भयो । त्यसबेला गणेशसँग काठमाडौँ महानगर प्रहरी बलका सुरक्षाकर्मीले विवाद गरेका थिए । नगर प्रहरीकी मिना नगरकोटीसँग मोटरसाइकलमा ह्वील लक गरेको विषयमा विवाद हुँदा गणेशले पेट्रोल छर्केर आत्मदाह गरेका थिए ।