बाँके भूमि प्रशासनद्वारा ७४ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन

बाँके भूमि प्रशासनद्वारा ७४ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन

७ आश्विन बाँके । भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२–८३ मा ७४ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।‘जेनजी’ प्रदर्शनका क्रममा २०८२ भदौ २४ गते भएको आगजनीबाट कार्यालय भवन र कागजपत्रसँगै जलेर नष्ट भएपछि भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले हाल विद्युतरोडमा भाडाको भवनबाट कार्यालय सञ्चालन गर्दै आएको छ ।

भाडाको भवनबाटै कार्यालयले पुँजीगत लाभकर, रजिष्ट्रेसन दस्तुर, फारम र पूर्जा बिक्री तथा अन्य शीर्षकबाट गरी ७४ करोड ८६ लाख २९ हजार १०८ राजस्व सङ्कलन गरेको भूमि प्रशासन कार्यालयका प्रमुख सन्तोष विकले जानकारी दिए ।उनका अनुसार गत आर्थिक वर्षमा कार्यालयले सबैभन्दा बढी पुँजीगत लाभकर दस्तुरबाट सङ्कलन गरेको छ । पुँजीगत लाभकर दस्तुरबाट मात्रै ३७ करोड ४० लाख ९९ हजार ६०७ राजस्व सङकलन गरेको छ । त्यसैगरी, रजिष्ट्रेसन दस्तुरबाट ३६ करोड ९० लाख ५९ हजार १६४ राजस्व सङ्कलन भएको छ ।