नियुक्तिमा प्रक्रियामै करोडौं डिल , ठाकुरसिंह थारूमाथि प्रश्न चिन्ह् खडा !

नियुक्तिमा प्रक्रियामै करोडौं डिल , ठाकुरसिंह थारूमाथि प्रश्न चिन्ह् खडा !

७ असोज काठमान्डौं । जान्नेलाई छान्ने’ नारा दिएर सत्तामा आएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नाममा पदधारीहरुले जेलबाट समेत उठाएर खाएको बकपत्र फेला परेको छ । यो घुस प्रकरण गृहबाट फैलिएर कृषि र बन मन्त्रालयतिरसमेत सोझिएको छ । निकुन्जहरुमा वार्डेन खटाउँदा कर्मचारीसङ्ग भएको लेनदेनवारे पनि सँलग्न पात्रबाटै खुलासा भएको छ ।जन आस्थाले लेखेको छ आफूलाई बर्दिया क्षेत्र नं १ का रास्वपा सांसद ठाकुरसिंह थारूका प्रेस सल्लाहकार तथा रास्वपा कञ्चनपुरकी समानुपातिक सांसद गीता चौधरीको अघोषित प्रेस सल्लाहकार बताउने पत्रकार हेमन्त चौधरीले अर्का पत्रकार आशिष मल्ल ठाकुरीसँग गरेको गोप्य कुराकानीको अडियो जनआस्थाले प्राप्त गरेको छ । स्रोतका अनुसार उक्त अडियो गत भदौ ७ गतेको हो ।

‘१० वटा कारागारमा चौकीदार नियुक्त गर्दा मात्रै एक जनाबाट १-१ करोड उठाएको छ।’ उनले थपेका छन् —‘गृहमन्त्रीको स्वकीय सचिव जेम्स कार्की, गृहसचिव राजकुमार श्रेष्ठ र कारागार व्यवस्था विभागका डिजीले २५–२५ लाख खाएका छन्।’उक्त अडियो सुन्दा कारागार व्यवस्थापन विभागदेखि गृह मन्त्रालयसम्मको नियुक्ति प्रक्रियामै करोडौं रुपैयाँ लेनदेन हुने गरेको स्पष्ट बुझ्न सकिन्छ ।हेमन्त चौधरीले आशिषलाई भनेका छन्—‘१० वटा कारागारमा चौकीदार नियुक्त गर्दा मात्रै एक जनाबाट ११ करोड उठाएको छ।’ उनले थपेका छन् —‘गृहमन्त्रीको स्वकीय सचिव जेम्स कार्की, गृहसचिव राजकुमार श्रेष्ठ र कारागार व्यवस्था विभागका डिजीले २५–२५ लाख खाएका छन् ।कुराकानीमा हेमन्तले आफूलाई ‘ठाकुरसिंह थारू र गीता चौधरीको मात्र’ भनेर प्रस्तुत गर्दै गृहमन्त्रीका दाहिने हात अनिल बानियाँलाई ‘साँझ–बिहान आएर खुट्टा ढोग्ने भाइ’ भनेका छन्।आज एउटा वार्डेनले मलाई,हजुर, २५ लाख रुपैयाँ,यहाँ यसरी झोलामा फालिदियो के ।उनले जेम्स कार्कीलाई भेटेर दवाव दिएको र ठाकुरसिंह थारूमार्फत गृहसचिवलाई प्रभाव पारेको दाबी गरेका छन् । ‘ठाकुर दाइसङ्ग त मेरोबाहेक अरुको चल्दैन,’उनले भनेका छन्।अडियोमा राष्ट्रिय निकुञ्जका हाकिम नियुक्तिसम्मको खेलवारे खुलासा गरिएको छ । हेमन्तले भनेका छन्—‘मैले छ सात वटा राष्ट्रिय निकुञ्जमा हाकिम पठाइसकेँ । बर्दिया, शुक्लाफाँटा,चितवन पठाइसकेँ । राराको पर्सी जाँदै छ ।

उनले एउटा वार्डेनले २५ लाख रुपैयाँ झोलामा फालेर गएको भन्दै गर्व गरेका छन् ।गीता चौधरीलाई आफ्नो मामाकी छोरी भन्दै ‘अघोषित प्रेस सल्लाहकार’ को हैसियतमा उनीसँग अर्ति–उपदेश आदानप्रदान हुने दावी बताएका छन् ।अहिले रास्वपाभित्र तपाईँ–हामी घुस्यौँ भने जेसुकै काम पनि गर्न सकिँदो रहेछ । अहिले त मैले छ( सात वटा राष्ट्रिय निकुञ्जमा हाकिम पठाइसकेँ ।गत भदौ १२ गते शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मालाई गृह मन्त्रालयको सचिवमा सरुवा गरेको थियोे ।त्यसअघिका सचिव राजकुमार श्रेष्ठलाई ३ दिनका लागि प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा तानियो । उनी १५ गतेबाट अवकाशमा गए । घर जानै लाग्दा कसैलाई अतिरिक्त समूहमा तान्नु र केदारनाथलाई हतारहतार गृहसचिव बनाउनुअघि वीचमा केही गडबडी मच्चाउनुको कारण यो रेकर्ड बाहिरिएपछि झन पेचिलो बनेको छ ।

हेमन्त चौधरीको अडियोमा ‘एक हप्ताअघि गृहसचिव चेन्ज गरिदिएको’ प्रसङ्ग उल्लेख छ। उनले भनेका छन्—‘उसले सबैबाट २५–२५ खाएको छ।कारागारको चौकीदार चेन्ज गर्नलाई २५–२५ लाख । अनि उठाएका छन् एक–एक करोड ।’ उनले पुराना दलका ‘सेटिङवाला’ कार्यकर्तासँग पहुँच हुँदा पनि काम नहुने तर रास्वपाभित्र ‘घुस्यौँ भने जेसुकै काम पनि गर्न सकिँदो रहेछ’ भन्दै आफ्नो प्रभाव प्रदर्शन गरेका छन् हेमन्तले उक्त कुराकानी खाएको अवस्थामा आफ्नो मिल्ने साथीसँग गरेको बताएका छन् । ‘थारुको छोरा हुँ,कहिलेकाहीँ खान्छु । त्यही अवस्थामा भनेको होला । केही नगर्नुहोला,’उनले भने। जन आस्थाले लेखेको छ । साभार जन आस्थाबाट