एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख म्याच फिक्सिङको आरोपमा पक्राउ

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख म्याच फिक्सिङको आरोपमा पक्राउ

५ असोज काठमाडौँ । फुटबल खेलमा प्रतिस्पर्धीसँग मिलेमतो म्याच फिक्सिङ गर्ने दुईजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले पक्राउ गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को पत्र तथा वसन्त रिजालको जाहेरीबमोजिम अनुसन्धानका क्रममा उनीहरू पक्राउ परेको सीआईबीले जनाएको छ ।पक्राउ पर्नेमा ललितपुर महानगरपालिका, वडा ३ पुल्चोक, घर भई अखिल नेपाल फुटबल संघ एन्फा का कोषाध्यक्ष पदमा कार्यरत ६० वर्षीय रविन्द्र जोशी र ललितपुर महानगरपालिका–५ लगनखेल, थसीखेल घर भएका एन्फाका लेखा अधिकृत ५५ वर्षीय सञ्जीव पाण्डे हुन् ।