४ आश्विन बर्दिया । बर्दियामा गुडिरहेको हाइसमा आगलागी भएको छ ।आइतबार बिहान सु.प.प्र. ०१ ००२ ज ४३३ नम्बरको ईभी हाइस कोहलपुरदेखि कैलालीतर्फ गइरहेको अवस्थामा बर्दियाको बारबर्दिया नगरपालिका ७ रम्मापुरमा एक्कासि आगलागी भएको हो ।

आगलागी भएको ईभी हाइस कैलाली धनगढी उपमहानगरपालिका ३ का ३८ वर्षीय नरेन्द्र नेगीले चलाएका थिए । उक्त ईभी हाइसमा चालक र सहचालक मात्र रहेकोले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।