३१ भदौ मुगु । मुगु जिल्लाको कलाईलाई केन्द्रबिन्दु बनाएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १ः५१ बजे कलाई आसपास केन्द्रबिन्दु बनाएर ४।५ म्याग्निच्युडको पहिलो भूकम्प गएको हो।त्यसको दुई घण्टा ३७ मिनेटपछि बिहान ४ः२८ बजे सोही क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको दोस्रो भूकम्प गएको केन्द्रले जनाएको छ।
भूकम्पको धक्का मुगुसहित आसपासका छिमेकी जिल्लाहरूमा समेत महशुस गरिएको बताइन्छ ।हालसम्म भूकम्पबाट भएको क्षतिको कुनै विवरण प्राप्त भएको छैन।