२७ भदौ काठमाडौं । ड्रोन आक्रमणपछि साउदी अरबले आफ्नो इस्ट–वेस्ट तेल पाइपलाइन बन्द गरेको छ । बिहीबार भएको ड्रोन आक्रमणमा पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी भएको छ । केही व्यक्ति घाइते भएका छन् ।इरान–अमेरिका युद्धले होर्मुज जलमार्ग बन्द भएपछि साउदी अरबले यही पाइपलाइनमार्फत दैनिक करिब ५० लाख ब्यारेल तेल पठाउँदै आएको थियो ।
साउदी ऊर्जा मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पाइपलाइनमाथि बिहीबार थुप्रै आक्रमण भएका थिए । हालसम्म यी आक्रमण कसले गराएको हो भन्ने स्पष्ट भएको छैन । कुनै पनि देश वा संगठनले अहिलेसम्म आक्रमणको जिम्मेवारी लिएका छैनन् ।अमेरिकी अधिकारीहरूका अनुसार आक्रमणमा पाइपलाइननजिकै रहेका पम्पिङ स्टेसनहरूलाई निशाना बनाइएको थियो ।