२७ भदौ सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।जिल्लाको त्रिवेणी गाउँपालिका–५, सिम्खस्थित भित्री सडकखण्डमा शनिबार बिहान लुम्बिनी प्रदेश ०२–००१ ज ०००५ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी चार जना घाइते भएका छन् ।दुर्घटनामा त्रिवेणी गाउँपालिका–५, सिम्ख बस्ने २४ वर्षीय चालक भुपाल पुनसहित ६ जना घाइते भएका थिए ।
घाइतेमध्ये दुई जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएको थियो ।प्रहरीका अनुसार चिकित्सकले घाइतेमध्ये दुई जनालाई मृत घोषणा गरेका छन् ।मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–६, पोखरीका आठ वर्षीय रेशम बुढाथोकी र सोही गाउँपालिका–५, सल्लेकी १८ वर्षीया बिपना बुढाथोकी छन् ।