२४ भदौ काठमाडौँ । रिपब्लिक अफ आयरल्यान्डका ट्रोय पारोटले निर्णायक गोल गरेपछि रियल बेटिसले पछि परेको स्थिति उल्टाउँदै लिलमाथि रोमाञ्चक जितसहित च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ ।पूर्व टोटनहम फरवार्ड पारोटले गत महिना बेटिसमा आबद्ध भएयता उत्कृष्ट लयलाई निरन्तरता दिएका छन् ।

उनले शुक्रबार रियल मड्रिडविरुद्ध पनि बेटिसलाई जित दिलाउने एकमात्र गोल गरेका थिए ।खेलको पहिलो हाफमा लिल हाबी देखिएको थियो। तर दोस्रो हाफमा बेटिसले उत्कृष्ट प्रदर्शन गर्नुका साथै लिलका एक खेलाडीले रातो कार्ड पाएपछि स्पेनी टोलीले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।