२२ भदौ काठमाडौँ । बार्सिलोनाले सिजनको आफ्नो शतप्रतिशत सुरुआतलाई निरन्तरता दिँदै पुछारमा रहेको भ्यालेन्सियामाथि ५–० को शानदार जित हात पारेको छ ।हान्सी फ्लिकको टोलीले खेल सुरु भएको पाँचौं मिनेटमै अग्रता लिएको थियो । लामिन यामल भ्यालेन्सियाको डिफेन्सको पछाडि पुगे र फर्मिन लोपेजको उत्कृष्ट बललाई गोलमा परिणत गरे ।
लोपेजले एन्थोनी गोर्डनको पासमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । यो सिजन चार खेलमा लोपेजको चौथो गोल तथा गोर्डनको चौथो असिस्ट हो ।