१९ भदौ काठमान्डौं । श्रीलंकाका कप्तान कुशल मेन्डिसले इंग्ल्यान्डविरुद्धको टी–२० अन्तर्राष्ट्रिय शृंखला गुमाउने भएका छन् ।श्रीलंका क्रिकेट बोर्डले ह्यामिस्ट्रिङको चोटका कारण मेन्डिसलाई बाहिर राखिएको जानकारी दिएको हो । उनको अनुपस्थितिमा चरिथ अस्लंकाले कप्तानी जिम्मेवारी सम्हाल्नेछन् ।
श्रीलंका तीन खेलको शृंखलाका लागि इंग्ल्यान्ड जाँदै छ । शृंखला सेप्टेम्बर १५ देखि १९ सम्म हुँदै छ । यी दुईबीच टी–२० पछि तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला पनि हुने तय छ । यसमा पनि मेन्डिस हुने नहुने निश्चित भइसकेको छैन ।