प्रधानमन्त्रीले भेटे कुलमानलाई र सोधे सुरुङमा फसेकाको कसरी उद्धार गर्ने ?

प्रधानमन्त्रीले  भेटे कुलमानलाई र सोधे  सुरुङमा फसेकाको कसरी उद्धार गर्ने ?

१८ भदौ काठमान्डौ ।  उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन शाहसँग भेट गरेका छन्। भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष घिसिङले रसुवा बाढीपछिको अवस्था, उद्धार, राहतलगायतको विषयमा छलफल भएको बताए। आफ्नो पार्टीको तर्फबाट लिखित र मौखिक सुझाव दिएको बताए।

उनले भने, ‘हामीले लिखित र मौखिक रूपमा पनि केही सुझाव दिएका छौँ। अहिलेको विपद्को अहिले उद्धारको लागि समग्र रूपमा सुझाव दिएका छौँ। सुरुङभित्र थुनिएका साथीहरूलाई कसरी उद्धार गर्ने विषयमै उहाँको जिज्ञासा थियो। त्यस सम्बन्धमा हामीले बुझेका र गर्नुपर्ने कुराहरू राखेका छौँ।’सकेको जनशक्ति परिचालन गरेर उद्धारमा लाग्नुपर्ने सुझाव दिए। सुरुङको उद्धारको लागि स्पेसल प्रविधि नचाहिने पनि बताए।