एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

१८ भदौ काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले दोस्रो जित हात पारेको छ । आयोजक मलेसियालाई नेपालले ६ विकेटको फराकिलो अन्तरले हराएको हो ।पहिलो ब्याटिङ गर्दै मलेसिया १०३ रनमा समेटिएको थियो । नेपालले ४ विकेट गुमाएर २१.४ ओभरमा लक्ष्य भेट्यो ।नेपालका लागि ओपनर अर्जुन कुमालले अविजित ४५ रन बनाए । यस्तै, इशान पाण्डेले २० रनको योगदान दिए । बलिङमा नेपालका करण केसीले ४ विकेट लिएका थिए ।