होर्मुज स्ट्रेटको नाम फेरेर ‘ट्रम्प स्ट्रेट’ राख्नुपर्छ –ट्रम्प

होर्मुज स्ट्रेटको नाम फेरेर ‘ट्रम्प स्ट्रेट’ राख्नुपर्छ –ट्रम्प

१८ भदौ काठमाडौँ। इरानसँग बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेट जलघाँटीको नाम परिवर्तन गर्न सुझाव दिएका छन्।ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा लेखेका छन्, ‘अब यो अमेरिकाको नियन्त्रणमा रहेकाले होर्मुज स्ट्रेटको नाम परिवर्तन गरेर ‘ट्रम्प स्ट्रेट’ राख्ने हो कि अमेरिकाजस्तै यो पनि पहिलेभन्दा बढी ‘हट’ हुनेछ।’

बुधबार साउदी अरबको एक शिपिङ कम्पनीले होर्मुज स्ट्रेटमा साउदी तेल ट्यांकरमाथि भएको आक्रमणमा फिलिपिन्सका दुई नाविक मारिएको जानकारी दिएको थियो।ग्रीक समुद्री जोखिम व्यवस्थापन कम्पनी मारिसाक्सका अनुसार मंगलबार बिहान होर्मुज स्ट्रेटमा अज्ञात विमानले दुई तेल ट्यांकरलाई निशाना बनाएका थिए।यसैबीच, बीबीसी फारसीका अनुसार अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले फक्स न्युजसँग कुरा गर्दै इरानबाट टाढा रहन सबैलाई आग्रह गरेका छन्।