१७ भदौ काठमाडौं । नेपालमा गएको बाढी र पहिरोको विपद्मा सहयोग पुर्याउन छिमेकी मुलुक भारतले थप राहत सामग्री र जनशक्ति पठाएको छ। भारतीय विदेश मन्त्री डा। एस। जयशंकरले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार भारतबाट पाँचौँ विमान नेपालका लागि प्रस्थान गरेको छ।नेपाल पठाइएको यस पाँचौँ विमानमा ११ सदस्यीय विशेष उद्धार टोली समावेश छन् । उद्धार र खोजी कार्यमा प्रयोग हुने अत्याधुनिक मेसिन तथा उपकरणहरू तथा बाढी र पहिरो प्रभावित क्षेत्रमा देखिन सक्ने स्वास्थ्य समस्यालाई लक्षित गरी ५.५ टन अत्यावश्यक औषधिहरू पनि भारतले नेपाल पठाएको छ ।
विदेश मन्त्री जयशंकरले ट्वीट गर्दै भनेका छन्, नेपालका लागि भारतको पाँचौँ विमान प्रस्थान गरेको छ। यसले ११ सदस्यीय उद्धार टोली, विशेष उपकरण र ५।५ टन अत्यावश्यक औषधि बोकेको छ।