पहिलो दिनको टिकट बिक्री रकम बाढीपीडितलाई

पहिलो दिनको टिकट बिक्री रकम बाढीपीडितलाई

१६ भदौ काठमाडौं ।एनभिएलको पहिलो दिन भदौ १९ गते हुने खेलको टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने आयोजकले जनाएको छ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि नेपाल भलिबल लिग एनभिएलले सहयोग गर्ने बताएको हो ।

एनभिएलका प्रमुख सञ्चालन अधिकृत विकास खेतानले उद्धार, उपचार तथा पुनर्स्थापना अभियानमा आफ्नो तर्फबाट सहयोगस्वरूप पहिलो दिनको टिकट बिक्रीको सम्पूर्ण रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।