बाढी चीनको निष्कर्ष के आयो ?

बाढी चीनको निष्कर्ष के आयो ?

१५ भदौ काठमाडौं। चीन र नेपालका विज्ञ तथा सम्बन्धित सरकारी निकायले गरेको अध्ययनबाट नेपालमा उच्च हिमाली क्षेत्रमा रहेको हिमनदी भत्किएपछि पहिरो गएको निष्कर्ष निकालिएको चीनले जनाएको छ।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार नियमित पत्रकार सम्मेलनमा चीन–नेपाल सीमावर्ती बन्दरगाह क्षेत्रमा हालै भएको विनाशकारी पहिरोको कारणबारे केही विदेशी सञ्चारमाध्यमले गरेको अनुचित टिप्पणीको जवाफ दिँदै यस्तो बताएका हुन्।

उनका अनुसार चीन र नेपालका विज्ञ तथा सम्बन्धित संस्थाहरूले विपद्को कारणबारे मूल्याङ्कन गरेका थिए। त्यस क्रममा नेपालको उच्च हिमाली क्षेत्रमा रहेको हिमनदी भत्किएपछि पहिरो गएको निष्कर्ष निकालिएको हो।ठूला विपद्का बेला तथ्यमा आधारित नभएका दुर्भावनापूर्ण अड्कलबाजीको चीनले दृढतापूर्वक विरोध गर्ने गुओले बताए।विपद्पछि चिनियाँ सरकारले नेपाललाई आपत्कालीन नगद सहायता र मानवीय सहयोग उपलब्ध गराएको उनले जानकारी दिए। पहिलो चरणमा पठाइएको ५० टन राहत सामग्री काठमाडौं आइसकेको पनि उनले बताए।