विपत्तिबारे लेख्नेबित्तिक्कै रास्वपाका स्थानीय नेताहरुलाई आपत्ति

विपत्तिबारे लेख्नेबित्तिक्कै रास्वपाका स्थानीय नेताहरुलाई आपत्ति

१५ भदौ काठमान्डौ । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएका नागरिकको शव अभिलेख संयन्त्रमाथि प्रश्न उठाउँदै धादिङका एक पत्रकारले लेखेको स्टाटसमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका स्थानीय नेताले गरेको टिप्पणी विवादमा तानिएको छ ।

पत्रकार मनिष दुवाडीले शव अभिलेख संयन्त्रमा कमजोरी देखिएको भन्दै बाढीमा ज्यान गुमाउनेको नाम र परिवारसँग जोडेर सुरक्षित पहिचान गराउन सामाजिक सञ्जालमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । शव पहिचान गर्न सरकारले नेपाल प्रहरीको वेबसाइटमा फोटो राखेको तर शंका लागेर प्रत्यक्ष हेर्न खोज्दा अर्कै शव देखिएको उनको भनाइ छ ।‘यो केवल वेबसाइटको प्राविधिक त्रुटि हो कि,शवको अभिलेख राख्ने सरकारी संयन्त्रकै कमजोरी यदि फोटो, शव नम्बर, स्थान, मिति र शवको वास्तविक अवस्थाबीच समन्वय छैन भने गल्ती कहाँ भयो कसले फोटो अपलोड गर्यो कसले नम्बर राख्यो कसले प्रमाणित गर्यो र कसले अनुगमन गर्यो ,’ दुवाडीले प्रश्न गरेका छन् ।

शंका लागेको शव हेर्न परिवार कहाँ जाने कसलाई फोन गर्ने कुन नम्बर सही हो र गलत विवरण राख्ने संयन्त्रको जिम्मेवार को होबाढीबाट मान्छे मर्नु प्राकृतिक विपद् भएको तर मृत्युपश्चात् आफ्नो मान्छेको शवसम्म पु्ग्न नसक्ने अवस्था सिर्जना हुनु व्यवस्थापकीय विपत्ति भएको जनाउँदै उनले थपेका छन्, ‘अब सरकारले जवाफ दिनुपर्छ–शंका लागेको शव हेर्न परिवार कहाँ जाने , कसलाई फोन गर्ने , कुन नम्बर सही हो , र गलत विवरण राख्ने संयन्त्रको जिम्मेवार को हो ’ दवाडीको प्रश्न सरकारका कतिपय पछिल्ला निर्णय र विद्यमान नियम र कानुनससँग एकहदसम्म बाझिएको पनि हुनसक्छ ।तर सोही स्टाटसमा रास्वपा धादिङका नेता धिरेश भट्टराईले असंवेदनशील टिप्पणी गरेका छन् । उनी लेख्दछन्, ‘सरकारलाई असफल बनाउन त्यही शव पनि अन्य दलहरुले खोजेर मिल्काउन सक्छन् ।’ विपदमा आफन्त गुमाएका परिवारलाई झन् पीडा थप्नेगरी असंवेदनशील कमेन्ट गरेको भन्दै भट्टराईको उक्त टिप्पणीको चर्को आलोचना भइरहेको छ । उनी गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाको तर्फबाट धादिङ २ मा प्रतिनिधिका रुपमा खटिएका थिए ।

उता लुम्बिनी प्रदेश सभामा रास्वपा सदस्य प्रभा ज्ञवालीले बाढीमा भेटिएका मृतकहरुको शव सुरक्षित राख्न नेपालीको घरमा भएको फ्रिज उपयोग गर्नुपर्ने बताएकी छन् । सामाजिक सञ्जालमा ज्ञवालीले लेखेकी छन्, ‘सरकार,लास नगाडम् भो ११ सबै नेपालीको घरमा १र१ वटा पठाइदिनु फ्रिजमा राख्छम १ अझ गाडिस् भनेर बुरुक बुरुक गर्ने को मा २ टा पठाईदिम । जन आस्था बाट साभार