रसुवा बाढी : सोमबार साँझसम्म ९३९ जनाको शव फेला

रसुवा बाढी :  सोमबार साँझसम्म ९३९ जनाको शव फेला

१५ भदौ, काठमाडौं । रसुवा बाढीका कारण मृतकको संख्या ९३९ पुगेको बताइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साँझ ६ बजेसम्म ९३९ शव फेला परेको जनाएको छ ।

प्राधिकरणका अुनसार पूर्वी नवलपरासीमा २१६, पश्चिम नवलपरासीमा १६९, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २३ जनाको शव फेला परेको छ ।हालसम्म सबैभन्दा बढी चितवनमा २७९ शव फेला परेका छन् ।