१३ भदौ काठमाडौ । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले सानदर सुरुवात गरेको छ । एलिनाज एरिनामा आज बिहान सम्पन्न नयाँ सिजनको पहिलो खेलमा भीएफबी स्टुटगार्टलाई ५–१ गोलले हराउँदै बायर्नले सुखद सुरुवात गरेको हो ।बायर्नका दायोट उपामेकानो, माइकल ओलिसे, अलेक्जान्डर पाभ्लोभिच र लुइस डियाजले एक–एक गोल गरेका थिए । एक गोल भने स्टुटगार्टबाट आत्मघाती उपहारस्वरुप प्राप्त भएको थियो ।खेलको २१औँ मिनेटमा उपामेकानोले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए ।
५२औँ मिनेटमा स्टुटगार्टका जोशा भाग्नोमानले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।त्यसपछि ५५औँ मिनेटमा ओलिसेको गोलसँगै बायर्न २–१ गोलले अघि बढ्यो । ५७औँ मिनेटमा टुटगार्टका भोग्नोमानले आत्मघाती गोल गरेपछि बायर्न ३–१ गोलले अघि बढ्यो।