रसुवा बाढी – भारतमा भेटिए सात शव

रसुवा बाढी – भारतमा भेटिए सात शव

१२ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ७ जनाको शव भारतमा फेला परेको छ ।उत्तर प्रदेशको महराजगञ्जमा गण्डक नारायणी नदीबाट चार र कुशीनगरमा तीन जना गरी सात जनाको शव फेला परेको बीबीसी हिन्दीले जनाएको छ ।

जसमा पाँच महिला र दुई पुरुषका शव छन् ।नेपालमा आएको भीषण बाढीका दौरान नदीमा बगेका शवहरू तीव्र बहावका साथ भारततर्फ आएको आशंका गरिएको छ,’ समाचारमा भनिएको छ ।सशस्त्र सीमा बल एसएसबीको उद्धार टोलीले नदीमा निगरानीका दौरान शवहरू बग्दै गरेको देखेको बताइएको छ ।