११ भदौ काठमाडौं । रसुवा जिल्लामा आएको बाढीका कारण ज्यान गुमाएका २७० जना शव फेला परेको छ ।प्रहरीका अनुसार रसुवाबाट १७ जना, नुवाकोटमा १२, धादिङमा २७ र चितवनमा १०८ जनाको शव फेला परेको हो ।यस्तै गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ ।