रसुवा बाढी : बर्दियाका ३० जना सम्पर्क विहिन

रसुवा बाढी : बर्दियाका ३० जना सम्पर्क विहिन

दीपककुमार शर्मा
११ भदौ बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण  बर्दियाका ३० जना सम्पर्क विहिन भएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताउनु भएको छ ।

भदौ १० गते विहान रसुवामा आएको बाढीका कारण बर्दियाबाट श्रमीक र अन्य कामका लागी गएका मध्ये ३० जना सम्पर्कमा नआएको बर्दियामा रहेका आफन्तले बताएको उहाले बताउनु भयो । १५ जना जतीले सम्पर्क गरेर आफुहरु सकुसल रहेको बताएको उहाले थप्नु भयो । अहिले बर्दियाबाट बाढी प्रभावित जिल्ला रसुवा , नुवाकोट, धादिङ र गोरखा  लगायतका जिल्लामा श्रमिक र अन्य रोजगारीका लागी गएका हरुले आफन्तहरु संग सम्पर्कको प्रयास जारी राखेका छन ।
अहिले ति क्षेत्रमा उद्धार कार्य चलिहरेका कारण यकिनका साथ भन्न नसकिने प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताउनु भयो । यसैविच बारबर्दिया नगरपालिकाका ९ जना , बाँसगढी नगरपालिका ८ जना , राजापुर नगरपालिकाका ५ जना , गुलरिया नगरपालिकाका १ बिद्यार्थी , ठाकुरबाबा नगरपालिकाका ३ जना सम्पर्कमा नरहेको बताइएको छ ।