बजेट गरिबको पक्षमा छैन :अध्यक्ष परियार

बजेट गरिबको पक्षमा छैन  :अध्यक्ष परियार

६ भदौ काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियारले राज्यले गरिब, निमुखा र कमजोर वर्गको संरक्षण गर्नुपर्ने बताएका छन्। शनिबार पार्टीद्वारा काठमाडौँमा आयोजित युवा प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले वर्तमान राज्य व्यवस्था र बजेटको स्वरूपमाथि गम्भीर प्रश्न उठाएका हुन्।

बजेट वामपन्थी विचारधारा अनुकूल नभएको र यसले गरिब जनताको हित संरक्षण गर्न नसकेको टिप्पणी गर्दै उनले आम नागरिकमा आशा जगाउन नसकेको उल्लेख गरे । आफ्नो पार्टीले गर्ने राजनीति र आन्दोलन सधैँ कमजोर र उपेक्षित वर्गकै अधिकारका लागि लक्षित हुने उनले स्पष्ट पारेका छन्।राज्यको उत्पत्ति र सामाजिक करारको सिद्धान्तबारे चर्चा गर्दै अध्यक्ष परियारले राज्य केही टाठा बाठा वा षड्यन्त्रकारीहरूको मात्र हुन नसक्ने उल्लेख गरे। महिला र विपन्न नागरिकको सुरक्षा तथा संरक्षण गर्न नसक्ने राज्यको औचित्यमाथि प्रश्न उठाउँदै उनले १५ औँ–१६औँ शताब्दीको प्रबुद्ध युगदेखि परिकल्पना गरिएको न्यायपूर्ण राज्य निर्माणका लागि आन्दोलन जारी राख्नुपर्ने आवश्यकता औँल्याए।१५–१६ औँ शताब्दीदेखि बहस गरिएको राज्य यो नभएको भन्दै उनले न्यायपूर्ण राज्य निर्माणका लागि आन्दोलन जारी राख्नुपर्ने स्पष्ट पारे।