५ भदौ काठमाडौं – नेपाल प्रिमियर लिग एनपिएल खेल्ने कर्णाली याक्स टोलीका लागि एभर राइज स्पोर्टस प्रालि एपरेल पार्टनर आधिकारिक पोसाकका रूपमा आबद्ध भएको छ ।एभरराइज स्पोट्र्स कर्णाली याक्सका खेलाडी तथा पदाधिकारीका लागि आवश्यक जर्सी, खेल पोसाक तथा अन्य आधिकारिक पोसाक उपलब्ध गराउने उद्देश्यले एभर राइज स्पोट्र्स कर्णाली याक्ससँग साझेदारीमा जोडिएको हो ।
नेपाल प्रिमियर लिग एनपिएल ‘सिजन’ तीनका लागि कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र एभर राइज स्पोर्टस प्रालिका निर्देशक शेख मोहम्मद सभमनले आज सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।