४ भदौ काठमाडौँ । सुरेश थापा ‘दर्शने’ को लेखन तथा निर्देशनमा सिरियल ‘जुनी’ निर्माण भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा निर्माण युनिटले टेलिसिरियलको विषयवस्तु र कलाकारको जानकारी दिएको छ ।टेलिसिरियलमा कमला घिमिरे, रञ्जित पौडेल, विष्णु सापकोटा ‘हर्के हल्दार’, अशोक शिवाकोटी, यादव देवकोटा ‘सरापे’, सरिता काफ्ले, सरस्वती अधिकारी, प्रभाकर न्यौपाने, सामना सिटौला, बविन राई, युगज्योति क्रियाशील, रोहित कार्की, सुस्मा सिलवाल, राधा शाही ठकुरी, कमला न्यौपाने, अच्युत कार्की, सपना त्रिपाठीलगायत कलाकार बाल कलाकारमा सोफिया त्रिपाठी र आदर्श कार्कीको अभिनय छ ।
कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थितिमा पछिल्लो समयमा टेलिसिरियलका सक्रिय कलाकारहरूलाई सम्मान समेत गरियो । सम्मान पाउनेमा निर्देशक दीपक आचार्य ‘काकु’, दमन रुपाखेती, हर्के हल्दारका निर्देशक इन्द्र डोङ लामा, कलाकार विनोद श्रेष्ठ, सुनिशा बजगाईं, बालकृष्ण ओली, सहिन प्रजापति, साम्या कार्की, अनिता बैजु, रामचन्द्र बोहरा, प्रशम्शा कार्की, सरोज घिमिरे लगायत रहेका छन् ।