रास्वपा कपुरकोट पालिका सभापतिको दुर्घटनामा मृत्यु

रास्वपा कपुरकोट पालिका सभापतिको दुर्घटनामा मृत्यु

३ भदौ दाङ। सल्यानमा भएको मोटरसाइकल दुर्घटनामा रास्वपाका गाउँपालिकाका सभापतिको मृत्यु भएको छ ।सल्यान प्रहरीका अनुसा कपुरकोट ६ का ३४ वर्षीय वेदबहादुर वलीको दुर्घटनामा परी मृत्यु भएको छ भने उनका काकाको उपचार जारी रहेको छ ।उनी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कपुरकोट गाउँपालिकाका सभापति हुन्।मंगलबार बिहान ११.४५ बजे उनी सवार बा ६८ प २५२८ नम्बरको मोटरसाइकललाई राप्ती राजमार्गमा यात्रुवाहक लु.प्र.०१–००१ ख १११२ नम्बरको गाडीले ठक्कर दिएको थियो। ‍

त्यसक्रममा वेदबहादुर र उनीसँगै मोटरसाइकलमा रहेका कपुरकोट ६ कै ५२ वर्षीय शुकलाल वली गम्भीर घाइते भएका थिए। शुकलाल वेदबहादुरका काका हुन्।दाङको घोराहीस्थित सञ्जिवनी टिचिङ अस्पतालमा उपचाररत उनको बुधबार बिहान ८ बजेतिर मृत्यु भएको सल्यानका प्रहरी प्रमुख डिएसपी दीपक पातलीले जानकारी दिए।दाङ आइपुग्दा उनको स्वास्थ्य चिन्ताजनक बनेपछि दाङको तुलसीपुरस्थित राप्ती लाइभ केयर हस्पिटलमा लगिएको थियो।चिकित्कसले घाइते वलीलाई बाँके पुर्‍याउन कठिन हुने सल्लाह दिएपछि त्यहाँबाट उनीहरुलाई थप उपचारका लागि घोराही पुर्‍याइएको थियो।उनको उपचारका क्रममा बिहान मृत्यु भएको हो। शुकलालको टाउकोमा रगत जमेको भनिएको छ। उनको नेपालगन्जमा उपचार भइरहेको छ।