३ भदौ काठमान्डौ । कार्तिक आर्यनले आफ्नो प्रोडक्सन ब्यानर ‘डोपामाइन स्टुडियोज’ सुरु गरेका छन् ।अभिनयभन्दा पर आफ्नो सिर्जनात्मक दायरा विस्तार गर्दै उनले नयाँ होम प्रोडक्सन खोलेका हुन् । लगत्तै यो ब्यानर चलचित्र निर्माता कबीर खानसँगको उनको आगामी सहकार्यमा जोडिएको छ ।शीर्षक तय नभएको यो चलचित्रको परियोजना कार्तिक र कबीरको दोस्रो सहकार्य हो । यसअघि उनीहरूले सन् २०२४ मा भारतका पहिलो प्याराओलम्पिक स्वर्ण पदक विजेता मुरलीकान्त पेटकरको जीवनमा आधारित खेलकुदमा आधारित चलचित्र ‘चन्दु च्याम्पियन’मा सँगै काम गरेका थिए ।
कार्तिकले हालै भारतको ७२ औं राष्ट्रिय चलचित्र पुरस्कारमा सोही चलचित्रका लागि ‘सर्वश्रेष्ठ अभिनेता’को सम्मान प्राप्त गरेर नयाँ उचाइ छोएका पनि छन् ।समाचार अनुसार आगामी चलचित्रमा कार्तिकले किक बक्सिङ प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन्, जसले कश्मीरकी एक युवतीको यात्रालाई आकार दिन मद्दत गर्नेछ । यो कथा किकबक्सिङ च्याम्पियनका रूपमा अन्तर्राष्ट्रिय ख्याति कमाएकी युवा कश्मीरी खेलाडी ताजमुल इस्लामको जीवनबाट प्रेरित रहेको बुझिएको छ ।