२ भदौ, काठमाडौं । ललितपुर जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई पक्राउको अनुमति दिन अस्वीकार गरेको छ ।उपसभामुख रुवीकुमारी ठाकुरले श्रेष्ठविरुद्ध हिजो मात्रै जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी थिइन् ।सोही जाहेरीका आधारमा ललितपुर प्रहरीले अदालतमा पक्राउ अनुमति मागेको थियो ।