नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई

नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई

३० साउन काठमाडौं । मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि भारत जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरिएको छ ।नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरेको हो । नेपाली टोलीले भारतमा तयारी गरेर त्यहाँबाट नै एसीसी प्रिमियर कप खेल्न मलेसिया जाने क्यानले जनाएको छ ।

एसीसी प्रिमियर कप अगस्ट २९ देखि मलेसियामा सुरु हुदैछ । विदाई कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विगतका गल्ती तथा कमजोरीहरूलाई पहिचान गरेर आगामी दिनमा सुधार गर्दै अघि बढ्ने बताए । टोलीमा अनुभवी खेलाडी र युवाको उत्कृष्ट मिश्रण रहेकाले आगामी समय निकै रोमाञ्चक हुने उनको भनाइ छ ।