२१ साउन काठमान्डौं । भारतीय अभिनेता इमरान हाश्मी अभिनीत फिल्म आवारापन २ को ट्रेलर सार्वजनिक गरिएको छ।यो सिक्वेलमार्फत इमरान १९ वर्षपछि आफ्नो चर्चित पात्र शिवमको भूमिकामा पुनः फर्किएका छन्। ट्रेलरमा शिवम अतीतको सम्झना र आलियाह श्रिया सरनको वियोगबाट अझै मुक्त हुन नसकेको देखिन्छ।
कथा भने पूर्ण रूपमा खुलाइएको छैन। शबाना आजमी नकारात्मक भूमिकामा देखिएकी छन् छन् दिशा पटानी जारा नामक पात्रका रूपमा प्रस्तुत भएकी छन्।मुकेश भट्ट र विशेष फिल्म्स प्रस्तुतिमा बनेको आवारापन २ नितिन कक्करले निर्देशन गरेका हुन्। निर्माता विशेष भट्ट रहेका छन्।फिल्ममा इमरान हाश्मी, दिशा पटानी र शबाना आजमी मुख्य भूमिकामा छन्।