२१ साउन काठमान्डौ। दक्षिण लेबनानमा हिंसा चर्किँदा कम्तीमा एक लेबनानी नागरिक र दुई इजरायली सैनिकको मृत्यु भएको छ । यस घटनाले दुवै देशबिच जारी युद्धविराम कार्यान्वयनसम्बन्धी वार्तालाई थप चुनौतीपूर्ण बनाएको छ
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले दक्षिणी सहर टिबनिनमा गरेको हवाई आक्रमणमा चिहानभित्र रहेको प्रार्थना भवनको छानामा क्षति पुगेको थियो । उक्त आक्रमणमा १ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।