११ पुस काठमान्डौ । त्रिभुवन विश्वविद्यालयका बारेमा दिनहुँ नकरात्मक समचार आइरहनु नौलो हैन । विश्वविद्यालयका पदाधिकारी बनेर धर्मकान्त बास्कोटादेखि पेशल दाहालले विश्वविद्यालयलाई चरम राजनीतिमा डुबाए । नहुने कामलाई निर्णय गर्ने र गर्नु पर्ने कामलाई पाखा लगाउने पदाधिकारीको दिनचर्या नै बनेको थियो । गएको ४ वर्षे अबधीमा धेरै नै निबेदनहरू अख्तियारमा पुगे । तर पनि सरोकारवालाको तर्फबाट हेर्ने काम नभएको कर्मचारी हरू बताउँछन् ।
पार्टी निकटलाई मागेको स्थानमा पटके सरुवा
समयमै शिक्षक कर्मचारीको नियुक्ति, र बढुवाको बारेमा चासो नराख्ने विश्वविद्यालयको पेशा नै बनेको छ । नेकपा एमाले निकटलाई ढलिमली गर्न दिएर बास्कोटा र दाहालले त्रिबिको साख गुमाए । एमाले उपत्यका कर्मचारी पार्टी कमिटीका अध्क्ष बसन्त श्रेष्ठलाई पदाधिकारीहरूले ४ वर्षमा विश्वभाषाबाट आयुर्वेद क्याम्पस, पनिका बल्खु, महाराजगञ्ज, ब्यबस्थापन डीनको कार्यालयमा सरुवा गरेका थिए । यी र यस्ता काम कुन नियमको आधारमा भएको भन्ने कुनै उत्तर त्रिविसङ्ग छैन । निज श्रेष्ठ काम गर्न निकै कमजोर कर्मचारी हुन् । पहिला त्रिवि ऋण शाखामा रहँदा शिक्षक कर्मचारीले ऋण लिन खोज्दा घुसबिना फाइल यताको उता नसार्ने भनेर कहलिएका कर्मचारी हुन् ।
गएको ४ वर्षमा बिशिष्ट तहका त्रिवि कर्मचारी बिष्णु थपलियालाई महारजगञ्जमा पठाएर प्रथम श्रेणीका बिष्णु अर्याललाई कर्मचारी प्रशासन प्रमुख बनाएर नियमको धज्जी यिनै पदाधिकारीले गराएका थिए । हाल अर्याल त्रिविमा कार्यकारी प्रमुख रहेका छन् ।
असाधारण बिदामा बसेकालाई बढुवा र पेन्सन
हाल विश्वविध्यालय अनुदान आयोगका सदस्य सचिब प्रा शंकर भण्डारीलाई त्रिविले असाधरण बिदाको समय समेत जोडेर सह(प्राध्यापकबाट प्राध्यापकमा बढुवा गरबास्कोटाको पालामा भएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम २०५० को परिच्छेद ५ को ३२ ९२० अनुसार असाधारण बिदामा बसेको शिक्षक कर्मचारीले तलब पाउँदैन र यसैको ३२ ९४० मा यसरी विदामा बसेकाहरुको सेवा अवधी गणना समेत नहुने प्रष्ट उल्लेख छ । विश्वविद्यालयका उपकुलपति डा। धर्मकान्त बास्कोटाले नियम विपरित असाधारण विदामा बसेका भण्डारीको विदाको अवधीलाई जोडेर प्राध्यापकममा बढुवा गरेका थिए ।
२०७६ माघ २१ मा त्रिवि कानुनी सल्लाहकार नारायण खनालले दिएको राय र कार्यकारी सचिव सूर्यप्रसाद अधिकारीले सह प्राध्यापक शंकर भण्डारीलाई असाधारण बिदाको समयको सेवा अधवी जोडेर पेन्सन हुने ब्यवस्था गरेका थिए । पेन्सन हुनुभन्दा पहिला उनी पाटन क्याम्पसमा कार्यरत थिए ।
त्रिभुवन विश्वविद्यालय शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम २०५० मा असाधारण बिदा सम्बन्धी भएको ब्यबस्था ।
यस काममा उपकुलपति प्रा डा धर्मकान्त बास्कोटा, रेक्टर प्रा डा शिवलाल भुसाल, रजिस्टार प्रा डा पेशल दाहालसहित नारायण खनाल र सूर्यप्रसाद अधिकारी समेत यो काममा संग्लन्न रहेको आरोप लागेको छ । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला शक्तिको दुरुपयोग गरेर भण्डारीले असाधारण बिदामा बसेको समयलाई जोडेर पेन्सन बढि पाउने निर्णय गराएका थिए । हाल उनी विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव छन् । पुर्व उपकुलपति धर्मकान्त बास्कोटा, तत्कालिन रेक्टर र हाल उपकुलपति शिवलाल भुसाल, रजिस्टार पेशल दाहाल, सल्लाकार नारायण खनाल र कर्मचारी सूर्यप्रसाद अधिकारीले गरेको यो गैरकानुनी कामलाई बदर गरी अब यस्तो नहुने वातावरण मिलाउन आवश्यकछ ।
विश्वभाषा क्याम्पसका बारेमा अख्तियारमा परेको निबेदन
विश्वभाषा क्याम्पसका प्रमुख यादबराज पन्तले गरेको अनियमित काम बारेमा अख्तियार दुरुपयोग अनुसन्दान आयोगमा नौ बुँदे उजुरी परेको छ । यस बारेमा बुँदा नं १, २, ३, ४, ५, ६, ७ र ९ पन्तसङ्ग जोडिएका विषय छन् ।
पन्त सहित लेखा प्रमुख राधिका दुलालले विदेशी विद्यार्थीहरूको भर्ना गर्दा त्रिविको कुनै ऐन, नियममा नभए पनि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका शाखा अधिकृत देबीलाल बिष्ट सहित, क्याम्पस प्रमुख, लेखा प्रमुख र बिदेश बिभाग प्रमुखले प्रति विदेशी विद्यार्थीको भर्नाका लागी बैठक राखी अनावश्यक बैठक भत्ता लिने काम बिगत ३ वर्षदेखि गरेको र यसबाट क्याम्पसलाई आर्थिक घाटा परेको हुँदा त्यस्ता अनियमित बैठक भत्ताको रकम बाँड्न भौचर सदर गर्ने क्याम्पस प्रमुख पन्तबाट नै हिनामिना भएको सबै रकम असुल उपर हुनुपर्ने कुरा उजुरीमा दाबी गरिएको छ ।अख्तियारमा परेको उजुरीको बुँदा ७ मा पन्त यस भन्दा पहिला विश्वभाषा काम्पसको प्रमुख हुँदा त्यस क्याम्पसका तत्कालिन उप प्राध्यापक निर्मल अधीकारीलाई डिन कार्यालयको आवश्यक पत्र बिना अध्ययन बिदा स्वीकृत गरेको, कामको कुनै प्रगति बिना अध्ययन बिदाको समय थप गरेको, अधिकारीलाई संचय कोष र बिदाको रकम समेत झिक्न पन्तले शिफारिस गरेको भन्ने कुरा उजुरीमा उललेख गरिएको छ ।निज अधिकारी त्रिवि सेवामा नभएको हुँदा उनले प्रयोग गरेको ८ वर्षको बिदाका कारण त्रिविलाई ठूलो आर्थिक घाटा भएको हुँदा उक्त प्रकरण बारे आवश्यक छानबिन गरी त्रिविलाई परेको आर्थिक नोक्सानी यादबराज पन्तबाट नै असुल उपर गर्नु पर्ने दाबी उजुरीमा गरिएको छ ।
मिति २०८० मङ्सिर २५ गते ०.०३४३०७ दर्ता नम्बर रहेको उजुरीमा पन्तले मानविकी तथा सामाजिक शास्त्र डिनको कार्यालयबाट निर्णय भए बमोजिम अङ्ग्रेजी विषयको परिवर्तित पाठ्यक्रम पढाउन नदिएको र त्रिबिबाट विश्वभाषा क्याम्पसमा बिभिन्न भाषामा ४ वर्षे बिए पढाउने गरी पारित भएको पाठ्यक्रम अनुसारको विद्यार्थी भर्ना नगरेको हुँदा निजमाथि आवश्यक बिभागीय काराबाही गर्न माग गरिएको छ।
निज क्याम्पस प्रमुख पन्तबाट त्रिवि नियम बिपरित पुस्तकालयका उप(लाइब्रेरियन दुर्गा बहादुर पौडेललाई प्रशासन प्रमुखको जिम्मा दिएर भत्ता समेत दिएको देखिएको र निज पन्तबाट अख्तियारको दुरुपयोग गरेको हुँदा आवश्यक बिभागिय कारबाहीको माग उजुरीमा उल्लेख छ ।कम्प्युटर अपरेटर गीता त्रिपाठीलाई नियम बिपरित स्टोर शाखामा जिम्मा दिने काम नियम बिपरित पन्तले गरेको हुँदा तुरुन्त कारबाही गर्न माग गरिएको छ ।क्याम्पस प्रमुख पन्तले कर्मचारीदेखि शिक्षकहरूलाई थर्काउन, गाली बेइज्जत गर्न गराउन विश्वभाषामा रहेका बिद्यार्थीहरूलाई प्रयोग गरेको र यसबाट शिक्षक कर्मचारीमा मानसकि तनाव परेको देखिएकोले निज पन्तमाथि बिभागीय कार्बाही गर्न माग गरिएको छ । यस्तो मानसकिक यातनाका कारण त्यहाँ रहेका कर्मचारीले बिग्रदो स्वास्थ्यका कारण मुटुको शल्यक्रिया गर्नु परेको कुरा उजुरीमा उल्लेख छ ।प्रमुख पन्तले त्यस क्याम्पसमा कार्यरत महिला कर्मचारीलाई रातको समयमा तिम्रो फोटो मेसेन्जरमा पठाउ भनेर लैङ्गिक हिंसा गरेका जस्ता कुरा पनि उजुरीमा उल्लेख छ । यस बारेमा नेपाल प्रहरीको साइबर ब्युरोलाई समेत छानबिन गर्न उजुरीमा लेखिएको छ । निज पन्तले नेपाली विद्यार्थीलाई कोरिया छात्रबृतिमा पढ्न जाने छनोट परीक्षा टपिकको परीक्षा बन्द गराएकोले नेपाली विद्यार्थीहरूको अवसर गुमेको तथ्य उजुरीमा हल्लेख छ ।
अयोग्य मानिस कसरी त्रिविका जागिरे बने
विश्वभाषा काम्पसमा शिक्षक झोकेन्द्र बहादुर थापाले स्नातकोत्तर तहमा पास डिभिजन प्राप्त गरेका छन् । त्रिविमा पास डिभिजन भएको ब्यक्तीले उप(प्रध्यापक सेवामा प्रवेश गर्न नपाउने तर प्रशिक्षक हुन पाउने ब्यबस्था छ । उनको स्नातकोत्तर तहमा पास डिभिजन प्रष्ट देखिन्छ । तर पनि उनले उप(प्राध्यापकको नियुक्ति त्रिबिबाट लिएर पढाउने गरेका छन् । पहिला धौलागिरी क्याम्पसबाट प्राध्यापन शुरू गरेका थापाले नेटवर्किङ ब्यापार पनि गर्थे । यस ब्यापारमा आफन्त ठगिएपछि अस्थायी हुँदै उनी अनुगमन कार्यालयमा काजमा आएर पछि काठमाण्डौँ नै सरुवा भए । उनको नागरिकतामा समेत शैक्षिक प्रमाण पत्रको जस्तो नाम छैन। नागरिकता र प्रमाण पत्रमा फरक नाम हुँदाहुँदै यिनले कसरी अध्ययन बिदा पाए चासोको विषय उजुरीमा परेको छ । फरक नाम भएको ब्यक्ती उही हो भन्ने नहुनु नक्कली नै हो भन्ने देखिएको कुरा कुरा उजुरीमा उल्लेख छ । यस्ता शिक्षकले कसरी कसरी त्रिविमा जागिर खानेदेखि बिदाको अधिकार प्रयोग गरेका हुन् भनि उजुरीमा उल्लेख गरेर अख्तियारमा निबेदन परेको छ ।