६ मंसिर काठमाडौं– भारतीय पौराणिक कथामा आधारित फिल्म ‘रामायण’ले बक्स अफिसमा आफ्नो दबदबा कायम राखेको छ । प्रदर्शनको १७ दिनमै फिल्मले विश्वभरबाट १ हजार ६१६.७० करोड भारु ग्रस कमाइ गर्दै नयाँ कीर्तिमान बनाएको छ । यससँगै विश्वव्यापी रूपमा १ हजार ६०० करोडभन्दा बढी कमाउने भारतीय फिल्मको सूचीमा ‘रामायण’ पाँचौँ स्थानमा उक्लिएको छ ।
सैकनिल्क मनोरञ्जनसम्बन्धी तथ्याङ्क र बक्स अफिस ट्र्याकिङ गर्ने एक भारतीय प्लेटफर्म का अनुसार फिल्मले १७औँ दिन भारतमा मात्रै २७.४० करोड भारु नेट कमाएको थियो ।योसँगै भारतीय बजारमा फिल्मको कुल नेट कमाइ ९०६.९० करोड पुगेको छ। भारतमा फिल्मको ग्रस कलेक्सन भने १ हजार ८३.७० करोड भारु पुगेको छ ।