ग्यासको बिषयमा सरकारले झुटो बोलेको हो की ?

ग्यासको बिषयमा सरकारले झुटो बोलेको हो की ?

दीपककुमार शर्मा
२१ साउन बर्दिया । बजारमा खाना पकाउने ग्यास पाइएको छैन । सरकारले ग्यास अभाव नभएको कराइरहेको छ उता आयल निगमले पनि आवश्यक अनुसार ग्यास छ भनिरहेको छ । तर उपभोत्ताले ग्यास खरिद गर्न जाँदा ग्यास पाउदैनन किन यस्तो भएको होला । यात सरकारले झुट बोलिरहेको छ या आयल निगमले झुट बोलिरहेको छ । यसमा जनता लाई उल्लु बनाउने काम भैरहेको छ । आखिर किन यस्तो भैरहेको छ ।

यस प्रश्नको सहि जवाफ कसै पनि पनि छैन । त्यति मात्रै होइन ग्यास नपाए यो नम्बरमा फोन गर्नु भनेर सरकारले मोवाइल नम्बर सार्वजनिक गर्छ तर त्यो नम्बरमा फोन लाग्दैन के साच्चै सरकारले झुट बोलिरहेको त छैन । कित साँच्चिकै ग्यास छैन सरकारले उपभोत्तालाई उल्लु बनाइरहेको छ सरकारको आलोचना नहोस भनेर यदि यस्तो हो भने यसको असर सरकारलाई नै पर्ने देखिन्छ । सरकारको दायित्व हो ग्यास सहज रुपमा पाउनु पर्छ , ग्यास छैन भने नआत्तिन आग्रह गर्नु परर्यो । फोटो = पत्रकार कमलबहादुर खडका