१३ साउन काठमान्डौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसी ले सन् २०२७ मा आयोजना हुने एकदिवसीय ओडिआई विश्वकप क्रिकेटको छनोट प्रतियोगिताको तालिका र नयाँ ढाँचा सार्वजनिक गरेको छ। आइसीसीका अनुसार विश्वकपको यो निर्णायक छनोट प्रतियोगिता सन् २०२७ को फेब्रुअरी २२ देखि मार्च २३ सम्म सञ्चालन हुनेछ।
विश्वकपको मुख्य स्पर्धा मानिएको ‘सुपर १२’ मा स्थान बनाउनका लागि टोलीबीचको भिडन्त निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने देखिएको छ। सार्वजनिक तालिका अनुसार छनोट प्रतियोगितामा शीर्ष स्थान हासिल गर्दै विजेता बन्ने टोली सिधै विश्वकपको मुख्य स्पर्धामा प्रवेश गर्नेछ।