८ साउन कैलाली । अनशनमा बसेका डाक्टर गोविन्द केसीलाई अनशनस्थल छोडन आग्रह गरिएको छ । कैलालीको धनगढीमा अनशनरत डाक्टर गोविन्द केसीलाई धर्मशाला छाड्न कृष्ण मन्दिर व्यवस्थापन समितिले आग्रह गरेको हो ।समितिका अध्यक्ष मुक्तिकान्त पन्तले असुरक्षाका कारण स्थान छाड्न आग्रह गरिएको बताए डाक्टर साबलाई पत्र पठाएका थियौँ, उहाँले बुझ्न मान्नुभएन,’ पन्तले भने । पन्तले उक्त पत्र जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पनि पठाइएको जानकारी दिए ।
डाक्टर केसी बिहीबारदेखि धनगढीमा आफ्नो २४औँ सत्याग्रहमा छन् । उनले चिकित्सा शिक्षा सुधारका साथै शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी माग पनि उठाएका छन् ।उनले गेटामा विश्वविद्यालय स्थापना उपयुक्त नभएको र हतारमा मेडिकल माफियालाई पोस्ने गरी ऐन ल्याइएको बताएका छन् । त्यसको सुदूरपश्चिममा विरोध भएको छ ।