मलद्वारमा लुकाएर राखिएको लागु औषध सहित बर्दियाबाट केसी पक्राउ

मलद्वारमा लुकाएर राखिएको लागु औषध सहित बर्दियाबाट केसी पक्राउ

८ साउन बर्दिया । बर्दिया प्रहरीले मलद्धारमा लुकाएर राखिएको लागु औषध सहित बर्दियामा एक जना लाई पक्राउ गरेको छ ।जिल्लाको बढैयाताल गाउँपालिका–२, फुटाह भन्सार टोलमा भारतको बलई गाउँबाट नेपालतर्फ शंकास्पद रूपमा पैदल आउँदै गरेका ३३ वर्षीय अभिषेक केसीलाई रोकी चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा केसीले मलद्वारभित्र कालो प्लास्टिकमा रातो धागोले बाँधेर लुकाएको अवस्थामा एक पुडिया फेला परेको प्रहरीले जनाएको छ। उक्त पदार्थ प्लास्टिकसहित १ ग्राम ९९० मिलिग्राम र प्लास्टिक हटाउँदा शुद्ध तौल ९६० मिलिग्राम रहेको थियो। बरामद पदार्थ ब्राउन सुगर जस्तो देखिने खैरो रङको गिलो पदार्थ रहेको प्रहरीले जनाएको छ।